दैलेख -१ बाट राप्रपा महामन्त्री शाहीले गरिन् उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दैलेखमा पुगेका उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

पहिलो पटक प्रत्यक्षबाट चुनाव लड्न लागेकी शाहीले भ्रष्टाचारका विरुद्ध र स्वाधीन अर्थतन्त्रको पक्षमा आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । ‘राजनीतिलाई पेशा होइन समाजका हरेक नागरिकको सेवामा रुपान्तरण गर्न मेरो उम्मेदवारी हो । पार्टीभन्दा माथि उठेर जनताको हित र समाजको लागि काम गर्नेछु’ उनले भनिन् ।

शाहीले एमालेका रवीन्द्रराज शर्मा र सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका अम्मर बहादुर थापासँग प्रतिस्पर्धा गर्नेछिन् ।