मंसिर १२ गते विवाह गर्दै सलोन र करिश्मा

अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीबीच आगामी मंसिर १२ गते लगनगाँठो कसिने भएको छ ।

दुबैजना यतिबेला विवाह तयारीमा जुटेका छन् । अनलाइनखबरसँग कुरा गर्दै सलोनले सो मितिमा विवाह गर्ने तयारीमा जुटेको बताए । ‘अहिलेसम्मको कन्फर्म डेट त्यही हो । सोहीअनुसार विवाह गर्दैछौं’ उनले भने ।

दुबैतर्फको पारिवारिक सहमतिमा विवाहको मिति टुंगो लागेको हो । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चारवर्षदेखि रिलेसनसिपमा छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

परम्परा अनुसार विवाह गर्ने सलोनको योजना छ । कामको कुरा गर्दा सलोनले अभिनय गर्ने फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ ।