शेयर बजार ओरालो लाग्ने क्रम जारीः कारोबार रकम ५१ करोड ५८ लाखमा सीमित

न्यू सम्बाददाता
टीकापुर, ३१ असोज
शेयर बजारमा ओरालो लाग्ने क्रम सोमबार पनि रोकिएन । कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.६१ अङ्कले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।
आइतबार नेप्से परिसूचक ९.६९ अङ्कले घटेको थियो ।
सेन्सेटिभ इन्डेक्स झिनो अङ्कले बढेको छ । ०.२० अङ्कले बढेर ३६५.६३ विन्दुमा पुगेको छ । यसदिन ५१ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।
आइतबार ८० करोड ३५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
२१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रूपैयाँमा खरिद बिक्री भयो ।
कारोबारमा आएका १३ वटा समूह मध्ये छ वटाका सूचक बढेका छन् भने सात वटाका सूचक राताम्मे देखिएका छन् ।
सोमबार नन लाइफ इन्स्योरेन्सको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
यसको समूहको शेयर मूल्य १२.७७ अङ्कले बढ्यो भने होटल एण्ड टुरिजम पनि १०.३७ अङ्कले बढेको छ ।
सोमबार पनि अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.९९ अङ्कले बढ्यो । दोस्रोमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले नाफा कमाए । यसको शेयरमूल्य ९.९६ अङ्कले बढ्यो ।
कारोबार रकमका आधारमा नबिल बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको २ करोड ७९ लाख रूपैयाँ बढीको शेयर कारोबार भएको छ ।