‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशालीद्वारा आत्महत्या

न्यू सम्बाददाता
टीकापुर, ३१ असोज
भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृतावस्थामा भेटिएकी छन् ।
पिंकभिल्लाका अनुसार मध्य प्रदेशको इन्दौरस्थित निवासमा उनी मृतावस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ ।
तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुशी देखिन्थिन् ।
चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी थिइन् । अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो ।
नेपालमा समेत उनको राम्रै फ्यान फलोइङ छ ।