दयाहाङ र विपिनको फिल्म ‘फूलबारी’को कलरफुल पोस्टर सार्वजनिक

न्यूज सम्वाददाता
आगामी फागुन ५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।

निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोस्टरमा फिल्मका सबै कलाकार अटाएका छन् । साथै पोस्टरले पात्रहरुको लुक्स पनि प्रस्तुत गर्छ ।
विपिन कार्की फिल्ममा ५८ वर्षीय पुरुषको भूमिकामा छन् । उनी अरुणा कार्कीको अपोजिटमा देखिंदैछन् । पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ र शिल्पा मास्के पनि फिचर्ड छन् ।

उपेन्द्र सुब्बाद्वारा लिखित फिल्मलाई मनिष ढकालले निर्माण गरेका हुन् । परिकल्पना र कथा कमलकिशोर मलपानीले गरेका हुन् । फिल्मलाई यशोधा फिल्म्सले निर्माण गरेको हो ।
निर्देशक गुरुङको निर्माण रहेको अर्को फिल्म ‘जारी’ आगामी वैशाख १ गते प्रदर्शन तयारीमा छ ।