परमात्माको प्रति निःस्वार्थ प्रेम नै साँचो भक्ति हो– निरंकारी सत्गुरू माता सुदीक्षाजी महाराज

दीपक रावल

हरियाणा समालखा भारत, ३ मंसिर

परमात्माप्रति निःस्वार्थ प्रेम नै सांँचो भक्ति कहलाउँंछ साथै यसप्रकारको निष्काम प्रेम भावना सन्तहरूको हुने गर्दछ ।

उक्त उद्गार निरंकारी सत्गुरू माता सुदीक्षाजी महाराजले शुक्रवार साँंझ ७५ औं वार्षिक निरंकारी सन्त समागमको पहिलो दिन देश–विदेशबाट लाखौं संख्यामा आएका विशाल मानव परिवारलाई सम्बोधन गर्दै व्यक्त गर्नुभएको हो ।

सत्गुरू माताजीले भन्नुभयो कि भक्तले सबैमा ईश्वरको रूप सम्झेर सबैसँग प्रेम पूर्वक व्यवहार गर्दछ र त्यसमा उसको आफ्नो कुनै निजी स्वार्थ हुँदैन । यस्तो भक्तको भक्तिमा फेरि कुनै प्रकारको डरको भाव रहदैंन । प्रेमले गरेको हरेक कार्यको आधार केवल प्रेम नै हुने गर्दछ जसको प्रेरणा केवल प्रेममार्फत नै हुने गर्दछ । समर्पित भावले गरेको सेवा सदैव परोपकारको लागि नै हुन्छ । त्यसैमा अर्कोतर्फ संसारमा हेर्ने हो भने जो प्रेम दर्शाउँछन्, त्यसमा पनि प्रायः केही न केही निजी स्वार्थ लुकेको हुन्छ ।

सत्गुरू माताजीले अगाडि स्पष्ट पार्दै भन्नुभयो कि जुन प्रकार एउटा सानो विजमा घना छायाँदार वृक्ष बनाउने क्षमता हुन्छ । त्यसप्रकारले हरेक मनुष्य परमात्माको अंश भएको नाताले परमात्मा स्वरूप बन्ने क्षमता राख्दछ । बिज जब धर्तीमा अंकुरित भएर प्रफुल्लित हुन्छ तब त्यो एक बृक्षको रूप लिएर आफ्नो सम्पूर्ण कार्य सुन्दरताका साथ निभाउने गर्दछ । यसैप्रकारले ब्रम्हज्ञानद्वारा मनुष्य जब परमात्मासँग एकरूप भएर उसैको रंगमा रंगिन्छ तब स्वतः मानवी गुणद्वारा युक्त भएर सच्चा मानव बन्दछ । फेरि उसको जीवनमा अध्यात्मवाद र मानवताको संगम देख्न पाईन्छ । यसको विपरीत जो मनुष्य सच्चाईसँग वञ्चित रहन्छ, त्यसको सहीरूपले विकास हुन सक्दैन । सन्त–महात्मा यस्तोलाई जागृति दिएर परमात्मासँग जोड्ने कार्य गर्दछन् जसद्वारा उसको जीवनमा पनि मानवताको गुणले युक्त होस् ।

मिसनको ७५औं वर्षको सन्त समागमको श्रृंखलाको वयान गर्दै सत्गुरू माताजीले भन्नुभयो कि सन्त समागमको आरम्भदेखि नै सहभागी भएका सम्पूर्ण भक्तहरूलाई जुन अनुभूति हुँदै आइरहेको छ, ठीक त्यसैप्रकारको अनुभूति प्रथम पटक सन्त समागममा सहभागी भएका भक्तजनलाई पनि भैइरहेको छ किनभने यस परमात्माको सत्यता सदैव एक रस रहन्छ जसमा कुनै प्रकारको परिवर्तन हुंँदैन । यस स्थिर परमात्मासँग नाता जोडेपछि भक्तको मनको अवस्था फेरि अस्थिर हुनेछैन ।

निरंकारी सन्त समागमको एक मुख्य आकर्षण निरंकारी प्रर्दशनी हो, जसको आरम्भ ई.सं. १९७२ मा भयो जसमा निरन्तर हरेक वर्ष मिसनको इतिहास, विचारधारा एवं सामाजिक गतिविधिलाई प्रस्तुत गर्दै आएको छ । यस वर्ष पनि प्रदर्शनी समागमको मुख्य आकर्षक बनेको छ र समागमको क्रममा दिनहुंँ हजारौंको संख्यामा श्रद्धालु भक्तजन यस प्रदर्शनीको अवलोकन गरिरहेका छन् ।

यो वर्ष प्रदर्शनीको मुख्य ६ भागमा दर्शाइएको छ जस अन्तर्गत आधुनिक प्रविधिको सही प्रयोग गरी यसलाई अत्यन्तै प्रभावशाली बनाइएको छ । यो ६ भाग मध्यमा एक भाग मुख्य प्रदर्शनी र अन्य भागमा स्टुडियो डिभाईन, बाल प्रदर्शनी, स्वास्थ्य एवं समाज कल्याण विभाग प्रदर्शनी, थियटर एवं डिजाईन स्टुडियो इत्यादिको सुन्दर समावेश रहेको छ ।