जनजागृति मावि सीतापुरको अभिभावक भेला सम्पन्नः व्यवस्थापन समिति अध्यक्षमा दीपक चौधरी चयन

न्यूज सम्बाददाता
टीकापुर, १४ पौष
कैलालीको टीकापुर नगरपालिका वडा नं.–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालयको विहीवार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।
उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा दीपक चौधरी सर्वसम्मत चयन भएका छन् ।
टीकापुर नगरपालिका वडा नं.–२ का वडाध्यक्ष समेत रहेका चौधरीलाई विहीवार सम्पन्न अभिभावक भेलापछि बसेको विद्यालय व्यस्थापन समितिका सदस्यहरूको बैठकले आगामी तीन वर्षका लागि व्यवस्थापन समिति अध्यक्षमा चयन गरेको हो ।
त्यस अघि भेलाले अभिभावकहरू मध्येबाट मानबहादुर शाही, माघुराम चौधरी, निमा थारू र गङ्गा ठकुल्लालाई व्यवस्थापन समिति सदस्यमा चयन गरेको थियो ।
त्यस्तै शिक्षक प्रतिनिधिका रूपमा पद्मिनी थापा र सदस्य सचिवमा प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारीसहितको बैठकले धनञ्जय रिमाल र चन्द्रमाया देवकोटालाई सदस्यमा मनोनित गरेको छ ।
सोही भेलाले कृष्णबहादुर कठायतको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत चयन गरेको छ ।
अभिभावक संघका अन्य सदस्यहरूमा सन्तु थापा, कृष्णा उपाध्याय, समिर चौधरी, ललिता साउँद, प्रतिमा लुहार, नृपबहादुर बिष्ट, बीरेन्द्र चौधरी, शिक्षक प्रतिनिधि उर्मिला रावल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सदस्य सचिवमा प्रधानाध्यापक भण्डारी रहेका छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थबहादुर चौधरीको सभापतित्वमा आयोजित उक्त भेलाका प्रमुख अतिथि टीकापुर नगरपालिका शिक्षा शाखा अधिकृत नरेश अवस्थी, विशिष्ट अतिथिद्वय विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष नरबहादुर रावल र वडा नं.–२ का वडाध्यक्ष दीपक चौधरीले विद्यालयको आन्तरिक र वाह्य वातावरण सुधार्दै शैक्षिक स्तर अभिवृद्धिका लागि अभिभावकवर्गको थप क्रियाशीलता, शिक्षकवर्गको सक्रियता र विद्यार्थीको उत्सकुता अपरिहार्य भएकोमा जोड दिएका थिए ।