टीकापुर उद्योग वाणिज्य संघले माघ ४ गतेदेखि १५ सम्म टीकापुर महोत्सव गर्दै

न्यूज सम्बाददाता
टीकापुर, १८ मंसिर
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म टीकापुर महोत्सव हुने भएको हो ।
औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावनाः समृद्ध सुदूरपश्चिमको परिकल्पना, सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको आयोजना हुने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष चक्रपाणि सापकोटाले महोत्सवका माध्यमबाट टीकापुर क्षेत्रको पहिचान, चिनारी र व्यावसायिक अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
महोत्सवलाई सफल बनाउन संघले विभिन्न समिति एवं उपसमिति समेत गठन गरेको जनाएको छ ।
संघका अनुसार महोत्सव मूल आयोजक समिति एवं सचिवालय अध्यक्ष चक्रपाणि सापकोटाको संयोजकत्वमा मुख्य व्यवस्थापक निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी, सदस्यमा सन्तोष खड्का, कृष्णप्रसाद बजगाईं, तपेन्द्र कुँवर, लोकेश साउँद, पृथ्वीराज ढुंगाना, प्रकाश तिमिल्सिना र सदस्य सचिवमा नवराज रिमाल रहने गरी गठन गरिएको छ ।
त्यस्तै आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा कृष्णप्रसाद वजगाईं, व्यानर व्यवस्थापनमा हेमन्त रावल, स्टल व्यवस्थापनमा बमबहादुर वली, मञ्च व्यवस्थापनमा पृथवीराज ढुँगाना, साँस्कृतिक व्यवस्थापनमा तपेन्द्र कुँवर, अतिथि सत्कार व्यवस्थापनमा सन्तोष खड्का, पार्किङ व्यवस्थापनमा नमराज देवकोटा, छपाई तथा टिकट व्यवस्थापनमा लोकेश साउँद, प्राथमिक उपचार व्यवस्थापनमा माया बागदास, सूचना तथा सञ्चार व्यवस्थापनमा प्रकाश तिमिल्सिना, परिसर व्यवस्थापनमा जीतबहादुर चौधरी, यातायात तथा प्रचार प्रसार व्यवस्थापनमा दुर्गा साहु, कृषि प्रदर्शनी व्यवस्थापनमा टीका शाही, रमाइलो मेला व्यवस्थापनमा हंशराज रावल र सूचना प्रविधि व्यवस्थापनमा लालबहादुर चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
टीकापुर महोत्सव २०६५ सालदेखि प्रायः नियमित हुँदै आएपनि कोरोना कहरका कारण पछिल्ला दुई वर्ष हुन सकेको थिएन ।