यस वर्ष कैलालीमा ७० हजार मेट्रिकटन धान उत्पादनमा कामी आउन सक्ने

न्यूज सम्बाददाता
टीकापुर, ३० असोज
सुदूरपश्चिम प्रदेशको अन्नको भण्डार मानिने कैलालीमा यो वर्ष समेत धान उत्पादनमा कमी आउने प्रारम्भिक अनुमान गरिएको छ ।
यस वर्ष कैलालीमा ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने प्रारम्भिक अनुमान गरिएको छ ।
कुल उत्पादनको २० प्रतिशत अर्थात ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको हो ।
यसवर्ष दशैंको दिनदेखि लगातार ६ दिनसम्म परेको अविरल बर्षाका कारण कैलालीमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ ।
किसानहरू धान भित्रर्याउ

ने तरखर गरिरहेका बेला आएको बर्षाले जिल्ला का केही ठाउँमा पूर्णरूपमा र केही ठाउँमा आंशिकरूपमा धानबालीमा क्षति गरेको छ ।
गत बर्ष पनि कार्तिक पहिलो साता आएको बेमौसमी बर्षाका कारण कैलालीमा झण्डै ५० प्रतिशतभन्दा बढी धानबाली पूर्णरूपमा नष्ट भएको थियो ।
गत बर्ष करिब ४ अरब ६३ करोड रूपैयाँभन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताएका छन् ।
गत वर्षको तुलनामा यसबर्ष भने निकै कम क्षति भएको शर्माले बताएका छन् ।
मोहना, कन्द्रा र कर्णाली लगायतका अन्य नदीले प्रत्यक्ष असर पार्ने क्षेत्र मा पूर्णरूपमा धानबाली नष्ट भएको छ भने अन्य ठाउँमा आंशिकरूपमा क्षति भएको शर्माले बताए ।
नदीको तटीय क्षेत्रमा लगाएको धानबाली डुवानमा परेर पूर्ण नष्ट भएको र अन्य ठाउँमा धान भिजेको हुँदा सुकाएपछि काम लाग्ने जनाइएको छ ।
कैलालीमा प्रत्यक बर्ष ३ तीन लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गर्दछ ।

अघिल्लो बर्ष ७८ हजार हेक्टर क्षत्रफलमा धान लगाइएको थियो भने करिब साढे ३ लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको थियो ।
बर्षा हुनु अगावै करिव १४ हजार ४ शय १५ हेक्टरमा लगाएको धान मात्र किसानले भित्रर्याएका थिए । आंशिक र पूर्ण क्षति गरी करिब ४ अरब ६३ करोड रूपैयाँ बढीको क्षति भएको थियो ।