पाँचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला फुटबल प्रतियोगिता आजदेखि शुरू

न्यूज सम्बाददाता
टीकापुर, ३० असोज
कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिकास्थित सडकपुर बौनियाँ युवा क्लबद्वारा आयोजित पाँचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्रब्यापी फुटबल प्रतियोगिता आइतबारदेखि शुरू हुने भएको छ । 
विगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यसबर्ष पनि निरन्तरता पाउने भएको हो । 
बिगतका वर्षहरूमा ४ संस्करण सफलरूपमा सम्पन्न गरेको क्लबले यसवर्ष पाँचौ बर्दगोरिया सेतीलोक मार्ग खुल्ला राष्ट्रब्यापी फुटबल प्रतियोगिता गर्न लागेको हो ।
बर्दगोरिया गाउँपालिका वडा नं.–४ को मुडावजारस्थित खेल मैदानमा उक्त फुटबल प्रतियोगिता हुने भएको हो । 
यस अघि उक्त प्रतियोगिता असोज ५ गतेदेखि हुने
भनिए पनि प्राविधिक कारणले प्रतियोगिता आजदेखि शुरू हुने क्लबका अध्यक्ष जीवन वीसीले जानकारी दिएका छन् ।
प्रतियोगिता कार्तिक ६ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ हजार रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ हजार रूपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
त्यसैगरी ब्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार रूपैयाँ प्राप्त गर्दा, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट गोलरक्षक, उदयीमान खेलाडी र सर्बाधिक गोलकर्ताले नगद जनही १०÷१० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगितामा नेपाल आर्मी सहित १२ टिमको सहभागिता रहेको व्यवस्थापक नृप साउँदले जानकारी दिएका छन् ।