अरिड्डालको टोकाईबाट ६ वर्षीय बालकको मृत्यु

न्यूज सम्बाददाता
दार्चुला, ३१ असोज
सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा अरिंगालको टोकाइका कारण एक ६ वर्षीय बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका वडा नं.–६ ग्वानीका ६ वर्षीय बालक प्रशान्तसिंह धामीको आइतबार अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।
आमासँगै मेला गएका प्रशान्तलाई मेलाबाट फर्किने क्रममा अरिंगालले टोकेको हो ।
अरिङ्गालले टोकेपछि उपचारका लागि गोकुलेश्वर अस्पताल भर्ना गरिएका प्रशान्तको हिजो राति उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।