बलात्कारका फरार आरोपी कैलालीमा १६ वर्षपछि पक्राउ

न्यूज सम्बाददाता
कैलाली, ३१ असोज
कैलालीमा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार एक व्यक्तिलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका वडा नं.–२ गणेशपुरका ४९ वर्षीय प्रेम चौधरीलाई उनकै घरबाट आइतबार पक्राउ गरिएको हो ।
अभियुक्त चौधरीलाई जिल्ला अदालत बर्दियाले २०६८ असार ९ गतेको फैसला आदेशबाट ६ वर्ष कैद सजाय सुनाएको थियो ।
चौधरी २०६३ माघ २५ गते एक महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
चौधरीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाएको जनाएको छ ।