प्रतिनिधि सभा उम्मेद्वार विरुद्ध निर्वाचन आयोगमा उजुरी

न्युज सम्वाददाता
टीकापुर
५ कार्तिक २०७९,
प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेद्वार रहेकी नेकपा (माओवादी केन्द्र)की नेत्री पम्फा भुसालको प्रचारप्रसारमा निर्वाचन आयोगले तोकेको आचारसंहिता उल्लंघन गरी प्रचारप्रसार गरेको पाइएपछि कारबाहीको माग राखेर निर्वाचन आयोगमा उजुरी परेको छ ।
कार्तिक ४ गते आदिवासी जनजाति स्वतन्त्र महिला समूहको नाममा ललितपुर महानगरपालिका वडा नं १४ स्थित थसीखेल, नखिपोट र विशाल चोक आसपासका क्षेत्रमा पर्खाल, बिजुलीका पोलमा माओवादी केन्द्रका उम्मेद्वार पम्फा भुसाललाई अत्यधिक मतले विजयी गराउ भनि पोष्टर टाँसिएको पाइएपछि नेकपा (एमाले) ललितपुर क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटिले निर्वाचन आयोगकले तोकेको आचार सहिता विपरीत प्ररचारप्रसार गर्नेमाथि उजुरी दिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा दिइएको उजुरीमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा १, २ र ३ विपरित कार्य गरेको हुँदा कारबाहीको माग गरिएको छ । उक्त पोष्टरमा माओवादी केन्द्रको छाप समेत देखिएको भन्दै उजुरीमा तत्काल पोष्टर जफत गर्न र हटाउन माग गरिएको छ ।
यस्तै, निर्वाचन आचारसंहिता विपरित कार्य गर्नेहरुलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ (७) अनुसार हदैसम्मको कारबाही गर्न उजुरीमा माग गरिएको छ ।