शिक्षा प्रतिकार्य योजना एवम् विद्यार्थी सिकाई निरन्तरता योजना तयारी बारे ३ दिने तालिम सम्पन्न

पूजा सिंह
धनगढी, ४ कार्तिक
यूएस आइडीको आर्थिक सहयोग तथा यूनिसेफ नेपालको समन्वयमा निड्स नेपालद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य परियोजना अन्तर्गत स्थानीय तह शिक्षा प्रतिकार्य योजना एवम् विद्यार्थी सिकाई निरन्तरता योजना तयारी सम्वन्धि ३ दिने तालिम धनगढीमा सम्पन्न भएको छ ।
सो तालिम यूनिसेफ नेपालले प्रशिक्षण गरेको थियो । सो तालिममा ३ जिल्लाका ९ वटा पालिकाका शिक्षा शाखा प्रमुख, प्रधानाध्यापक, शिक्षक लगायत गरी ४५ जनाको उपस्थित रहेको थियो ।
सो परियोजनाले कोभिडबाट सबै भन्दा वढी विद्यालय र विद्यार्थीहरू मारमा परेका कारण शिक्षामा परेको क्षति न्युनीकरणका लागि र विद्यार्थीहरूको सिकाई निरन्तरताका लागि सो परियोजनाले कैलालीका ६, कञ्चनपुरका २, अछाम र बैतडीका १÷१ गरी १० गाउँपालिकामा उक्त परियोजना शिक्षा शाखासँगको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रम संयोजक करन बानियाँले जानकारी दिएका छन् ।
सो परियोजनाले प्रारम्भिक वाल कक्षादेखि ३ कक्षा सम्मका वालवालिकहरूलाई टोल शिक्षा कक्षा मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सुदूरपश्चिमका १० वटै पालिकामा १ हजार ४५ वटा टोल शिक्षा कक्षाहरू सञ्चालन भइरहेको संयोजक बानियाँले वताए ।
तीन दिने उक्त तालिमले विपतका बेला विद्यालयको पढाइ निरन्तर भइरहोस् र पढाइबाट कोही वालवालिका पनि बञ्चित हुन नपरोस् भन्नका लागि विद्यार्थी सिकाई निरन्तरता योजना सम्वन्धि तालिम प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा लालझाडी गाउँपालिकाका प्राविधिक सहायक कुवेर वमले स्थानीय तह शिक्षा प्रतिकार्य योजना एवम् विद्यार्थी सिकाई निरन्तरता योजना बनाउन यस तालिमले सहयोग गर्ने र विद्यार्थीहरूको निरन्तर पढाइमा सहयोग पुग्ने उनले बताए ।
कार्यक्रमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, यूनिसेफ शिक्षा अधिकृत इन्द्रप्रसाद गुप्ता, यम थापा लगायतको सहभागिता रहेको थियो । निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक करन बानियाँले गरेका थिए ।