निःशुल्क शव ढुवानी गर्न उद्यमी परशु चपाईद्वारा टीकापुर अस्पताललाई वार्षिक ३ लाख रूपैयाँ सहयोग

नमस्ते सम्बाददाता
टीकापुर, ५ कार्तिक
टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सफल उद्यमी परशु चपाईद्वारा टीकापुर अस्पतालले शव ढुवानी वाफत लिँदै आएको सम्पुर्ण रकम व्यहोरिने भएको छ ।
नयाँ तुलसी टे«डलिङ्क प्रालिका प्रबन्ध निर्देशक समेत रहेका चपार्इंले अस्पतालले शववाहनमा शव ढुवानी गरे वाफत लिँदै आएको रकम तिरी दिने भएका हुन् ।
टे«डलिङ्क प्रालि र टीकापुर अस्पताल व्यवस्थापन समितिबीच शनिवार उक्त सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार शववाहनका लागि प्रालिका तर्फबाट चपाईले टीकापुर अस्पताललाई वार्षिकरूपमा एकमुष्ठ ३ लाख रूपैयाँ सहयोग गर्ने भएका हुन् ।
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट स्वडारीका अनुसार चपाईंको सहयोगपछि टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँ पालिकाभित्र शव ढुवानी वाफत कुनै पनि संघ संस्था र व्यक्तिहरूबाट कुनै रकम लिइने छैन ।
तर ती पालिका बाहेकका अन्य स्थानमा शव ढुवानी गरेवाफत भने अस्पतालले नियमानुसारको रकम लिने बताइएको छ ।
अस्पतालले यसअघि टीकापुर नगरपालिका भित्र शव ढुवानी गरे वाफत २ हजार रूपैयाँ लिने गरेको थियो । चपार्इंले सबै रकम व्यहोर्ने भएपछि अब तीनवटा पालिकाका कुनैपनि व्यक्तिले आफन्तको शव ढुवानी गरेवाफत रकम तिर्नुपर्ने छैन ।
टीकापुर सरोकार समूहको संयोजन र गैरआवासीय संघ एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाको अगुवाईमा गरिएको आर्थिक सहयोगबाट अस्पतालले सञ्चालन गरेको शववाहन खरिद गरिएको हो ।
समूहले शवबाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको थियो ।